आकर्षण
परिचय
साहित्यकार कृष्णप्रसाद पराजुली के हुनुहुन्छ, कस्तो हुनुहुन्छ-
परिचय दिइरहनु पर्दैन, तर उहा जति लोकपि्रय साहित्यकार हुनुहुन्छ उहाका विषयमा त्यति नै गहिरिएर अझै जान्न चाहन्छन्- साहित्यकार-पत्रकारहरू, पाठकहरू, विद्यार्थी र बालबालिकाहरूसमेत । त्यसै निम्ति उहाका विषयको यो संक्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।
कृष्णप्रसाद पराजुली कति लोकपि्रय हुनुहुन्छ भन्ने उहाका कृतिहरूले देखाएका छन् । सबभन्दा बढी पुस्तक बिक्ने लेखकभित्र पर्नुहुन्छ उहा। उहाका कृतिहरू सबै नयाा संस्करण नभएका छैनन् भने हुन्छ । कुनै-कुनै त सत्रौ र पच्चीसौ संस्करणसम्म भइसकेका छन् । श्री पराजुलीका कृतिबाट प्रभावित नहुनेहरू कमै छन् । शोधखोजका क्रममा उहाका केही कृति त कालो संस्करण -ब्ल्याक एडिसन) भएका, चोरिएका तथा नक्कल गरिएका र सन्दर्भ पनि कतै उल्लेख नगरिएका समेत देखिएका छन् । उहााका 'रमाइला नानी?, 'राम्रो रचना : मीठो नेपाली?, 'पन्ध्र तारा र नेपाली साहित्य? जस्ता अत्यन्त चर्चित कृतिहरू त्यसका दृष्टान्त हुन् ।
श्री कृष्णप्रसाद पराजुली नेपाली भाषा-साहित्यका मूर्धन्य स्रष्टा तथा चिन्तक-साधक हुनुहुन्छ । देश-विदेशका लाखौ पाठकहरूले उहालाई पढ्दै छन्, पढेका छन् । उहाा एक अत्यन्त प्रतिभाशाली कवि, कथाकार, नेपाली भाषाका मर्मज्ञ, लोकसाहित्यका अन्वेषक, नानीका पि्रय कवि तथा कथाकारका रूपमा सुपरिचित हुनुहुन्छ । उहाका व्यक्ति-कृतिको अझै उचित मूल्या?न हुनुपर्छ र उहााका महत्वपूर्ण पुस्तकहरू पाठकहरूमा पुगिरहनुपर्छ । यसै साहित्ययात्राको उज्यालो पाटालाई चहक्याउने र चिनाउने दृष्टिले यो चिनारी प्रस्तुत गरेका छौ ।
परिचय दिइरहनु पर्दैन, तर उहा जति लोकपि्रय साहित्यकार हुनुहुन्छ उहाका विषयमा त्यति नै गहिरिएर अझै जान्न चाहन्छन्- साहित्यकार-पत्रकारहरू, पाठकहरू, विद्यार्थी र बालबालिकाहरूसमेत । त्यसै निम्ति उहाका विषयको यो संक्षिप्त चिनारी प्रस्तुत गरिएको छ । कृष्णप्रसाद पराजुली कति लोकपि्रय हुनुहुन्छ भन्ने उहाका कृतिहरूले देखाएका छन् । सबभन्दा बढी पुस्तक बिक्ने लेखकभित्र पर्नुहुन्छ उहा। उहाका कृतिहरू सबै नयाा संस्करण नभएका छैनन् भने हुन्छ । कुनै-कुनै त सत्रौ र पच्चीसौ संस्करणसम्म भइसकेका छन् । श्री पराजुलीका कृतिबाट प्रभावित नहुनेहरू कमै छन् । शोधखोजका क्रममा उहाका केही कृति त कालो संस्करण -ब्ल्याक एडिसन) भएका, चोरिएका तथा नक्कल गरिएका र सन्दर्भ पनि कतै उल्लेख नगरिएका समेत देखिएका छन् । उहााका 'रमाइला नानी?, 'राम्रो रचना : मीठो नेपाली?, 'पन्ध्र तारा र नेपाली साहित्य? जस्ता अत्यन्त चर्चित कृतिहरू त्यसका दृष्टान्त हुन् ।
श्री कृष्णप्रसाद पराजुली नेपाली भाषा-साहित्यका मूर्धन्य स्रष्टा तथा चिन्तक-साधक हुनुहुन्छ । देश-विदेशका लाखौ पाठकहरूले उहालाई पढ्दै छन्, पढेका छन् । उहाा एक अत्यन्त प्रतिभाशाली कवि, कथाकार, नेपाली भाषाका मर्मज्ञ, लोकसाहित्यका अन्वेषक, नानीका पि्रय कवि तथा कथाकारका रूपमा सुपरिचित हुनुहुन्छ । उहाका व्यक्ति-कृतिको अझै उचित मूल्या?न हुनुपर्छ र उहााका महत्वपूर्ण पुस्तकहरू पाठकहरूमा पुगिरहनुपर्छ । यसै साहित्ययात्राको उज्यालो पाटालाई चहक्याउने र चिनाउने दृष्टिले यो चिनारी प्रस्तुत गरेका छौ ।
तस्बिरहरु
उपयोगी वेवपृष्ठहरु
Copyright © 2009, All Rights Reserved
Developed by:..........